समाचारआइतबार, जेठ २६, २०७०

एकै व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाए

हिमालखबर

सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकसहित १२ जनाको नागरिकता बनाइदिएका हुन् । मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनमा फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो ।

मुसलमानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफैँ तयार गरी सचिव गोकुल गिरीको समेत किर्ते हस्ताक्षर गरेका थिए । गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेस गरी नागरिकता निकालेको उजुरी हालेपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो । मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या १७ जना रहेको बताइएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>