थप समाचारसोमबार, जेठ २७, २०७०
नेल्सन मण्डेलाका लागि प्रार्थना
न्युमोनियाबाट ग्रसित रंगभेद विरोधी आन्दोलनका प्रणेता नेल्सन मण्डेलाको स्वास्थ्य लाभका लागि दक्षिण अफ्रिकाका चर्चहरुमा प्रार्थना चलिरहेको छ ।
फोक्सोको संक्रमणका कारण बारम्बार अस्पताल भर्ना भइरहनु पर्ने ९४ वर्षीय नेता मण्डेलाले यो पटक पनि तीन रात प्रिटोरिया अस्पतालमा बिताइसकेका छन् ।
शनिबार उनको स्वास्थ्य गम्भिर र स्थिर भएको भनिएयता औपचारिक रुपमा पछिल्लो अवस्था सार्वजनिक गरिएको छैन ।
उनको मृत्यु भइसकेको भन्ने ट्वीटरको अफवाहलाई एजेन्सीहरुले तथ्यहिन भनेका छन् ।
उनका शुभचिन्तकहरुले स्वतः स्फूर्त रुपमा विभिन्न तरिकाबाट मण्डेलाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
यो वर्ष मण्डेला अस्पताल भर्ना भएको यो तेस्रो पटक हो । यसअघि गएको अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
