समाचारसोमबार, जेठ २७, २०७०

आगामी बजेट वाद र सिद्धान्तबाट निर्देशित हुँदैनः अर्थमन्त्री

रासस

पूर्व बजेट छलफलका लागि २७ जेठमा अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले आगामी बजेट राजनीतिक सिद्धान्त र वादबाट बाहिर तथा वितरणमुखीबाट पर भई विकास केन्द्रित हुने बताएका हुन । उनले आगामी बजेटमा ऊर्जा, पूर्वाधार विकास, कृषिको यान्त्रिकीकरण, पर्यटन, निर्यातमूलक गतिविधिलाई उच्च प्राथमिकता दिने जानकारी दिए ।

मन्त्री कोइरालाले गरिबी निवारण, रोजगार वृद्धि, लगानीमैत्री वातावरण, वैदेशिक लगानी वृद्धि र आर्थिक सुशासनलाई बजेटको मूल लक्ष्यमा राखिने बताए । सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकबाट विकसित मुलुकको दर्जामा लैजान प्रतिवर्ष सात प्रतिशत आर्थिक वृद्धि दर हुनुपर्ने चुनौती रहेको कोइरालाको भनाई थियो ।

कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले चालू आर्थिक वर्षको राजस्व लक्ष्यभन्दा रु. आठ अर्ब बढी सङ्कलन भइरहेकाले अब पुँजीगत खर्चमा जोड दिइनेमा जोड द्यिए । सेजनका अध्यक्ष प्रदीप चापागाईंले आगामी बजेटले आर्थिक सुशासन र स्थायित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>