थप समाचारसोमबार, जेठ २७, २०७०
यार्सागुम्बा संकलन क्षेत्रमा विदेशीको शव
रुकुमको खलंगाबाट तीन दिन पैदल दूरीमा पर्ने रन्मामैकोट गाविसको अरविजा यार्सागुम्बा संकलन क्षेत्रमा एक जना विदेशीको शव भेटिएको छ ।
सो शव गत असोज महिनादेखि हराइरहेका जर्मन नागरिक ५३ वर्षीय म्यारेनो मेनेछितीको रहेको शवसँगै प्राप्त कागजातहरूका आधारमा पत्ता लागेको छ ।
उनको साथमा ८ हजार नेपाली रुपैयाँ, दुई सय १० युरो, क्यामेरा, राहदानी लगायतका सामग्री फेला परेको छ । अनुहारको छाला खस्ने बाहेक अरु केही नभएको अवस्थामा शव भेटिएको बताइएको छ । उनको शव आजै काठमाडौं पठाई सकिएको छ ।
लक्ष्मण केसी
