समाचारसोमबार, जेठ २७, २०७०

नब्बे प्रतिशत श्रमिक यौनशोषणमा

हिमालखबर

समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिबिस) द्वारा २७ जेठमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘काठमाडौँ उपत्यकामा घरेलु श्रमिकको अवस्था–२०१३’ प्रतिवेदनमा बालश्रमिकमध्ये करिब ९३ प्रतिशत विभिन्न नाता लगाएर रोजगारदातासँगै बस्ने गरेका कारण पनि यौनशोषणमा पर्ने गरेको उल्लेख छ ।

सिबिसद्वारा सञ्चालित बाल हेल्पलाइनमा प्राप्त हुने उजुरीहरुमध्ये विशेषगरी यौनशोषणमा पर्ने गरेका घटना बढी हुने गरेका छन् । सिबिसले उपत्यकामा विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरी बालश्रमिकलाई बालचौतारीमा भेला गराएको थियो । भेलामा सहभागी ३४७ बालश्रमिकमाथि अध्ययन गरिएको थियो । सोही अध्ययनअनुसार पारिवारिक पुनःस्थापना रोज्ने १५१ बालबालिकालाई परिवारमा नै पुनर्मिलन गराइएको थियो ।

अध्ययनमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली, दोलखा, सर्लाही, काभ्रे, चितवन, गोरखा र दाङका बालश्रमिकलाई समावेश गराइएको थियो । उपत्यकामा प्रत्येक सात घरमध्ये एक घरमा बालश्रमिक रहेका छन् । बालश्रमिकमध्ये ५८ प्रतिशत आर्थिक गरिबीका कारण उपत्यका छिरेका थिए भने करिब १८ प्रतिशत पढ्न पाइने आशामा बालश्रमिक बस्न पुगेको अध्ययन टोलीका अधिकृत विष्णु तिमल्सिना बताए ।

सन् २००९ मा सिबिसले गरेको अध्ययनमा नेपालमा करिब ५६ हजार बालश्रमिक रहेका छन् भने उपत्यकामा मात्रै ५० प्रतिशत रहेका छन् । हाल बालश्रमिकबारे विस्तृत अध्ययन नगरिएको सिबिसका अध्यक्ष विमला ज्ञवालीले जानकारी दिए । बालश्रमिक बस्नेमा विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका रहेका छन्, तीमध्ये करिब ६८ प्रतिशत बालिका छन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>