समाचारसोमबार, जेठ २७, २०७०
एकताको कुरै भएको छैनः दाहाल
विराटनगर विमानस्थलमा २७ जेठमा संचारकर्मीसग कुरा गर्दै अध्यक्ष दाहालले पार्टी एकताको विषयमा वैधपक्षसँग भेटघाट तथा छलफल नै नभएको बताए । उनले भने “एकताको विषयमा बाहिर आएको समाचार गलत हो ।”
नेकपा–माओवादी नीतिगत रुपमा धेरै पर गइसकेकाले अहिले एकताको सम्भावना नभएको दाहालको भनाई छ ।
उच्च स्तरिय राजनितिक सयन्त्रको सहमतिले निर्वाचनका विषयमा सरकारलाई बाटो खुलेको बताउदै अध्यक्ष दाहालले आगामी मंसिर पहिलो साता निर्वाचन हुने जानकारी दिए । ठुलो संख्यामा सुनसरीबाट आफ्नो पार्टीमा प्रवेश गर्न लागेको दाहालले जानकारी दिए ।
कमल रिमाल, विराटनगर
