थप समाचारमंगलबार, जेठ २८, २०७०

मानव तस्करीबिरुद्ध साझा रणनीतिको खोजी

हिमालखबर

सीमा क्षेत्रमा मानव तस्करी तथा ओसार पसारका जोखिम बढिरहेका बेला त्यसबिरुद्ध साझा रणनीति बनाउन भारतको गोरखपुरमा नेपाल र भारतका अधिकारीहरुबीच कार्यशाला सञ्चालन भएको छ ।

माईती नेपालको मुख्य आयोजनामा २७ जेठदेखि शुरु दुई दिने कार्यक्रममा महिला, बालबालिका बेचबिखन तथा यौन शोषणबिरुद्धको अभियानका दक्षिण एसिया संयोजक मानवेन्द्र मण्डल लगायत नेपाल भारतका सरकारी र गैरसरकारी अधिकारीहरुले दर्जनभन्दा बढि कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नेपाल र भारतका बिभिन्न सरकारी अधिकारीहरु, दुबै देशका सरोकारवाला संघ संस्थाका पदाधिकारीहरु,सुरक्षा अधिकारी लगायतको सहभागिता छ ।

कार्यशालाले बिशेष साझा रणनीति तयार गर्ने माईती नेपालका बरिष्ठ कार्यक्रम अधिकृत सबिन गुरुङ्गले बताए ।

दीपक ज्ञवाली, गोरखपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>