समाचारबुधबार, जेठ २९, २०७०
चक्रे मिलनसँग एक करोड धरौटी माग
विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई तथा भूपेन्द्रप्रसाद राईको इजलासले २९ जेठमा चक्रे मिलनसँग रू एक करोड धरौटी मागेको हो । मिलनले सात करोड आठ लाख १७ हजार २२६ रुपियाँ अबैध रुपमा आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो ।
चक्रे मिलनका श्रीमती इन्दिरा घले भने अदालतले मागेको रु दुईलाखको धरौटी बुझाएर साधारण तारेखमा रिहा भएकी छन् ।
अदालतले मागेको धरौटी बुझाउन नसक्दा पर्शुराम(कृष्ण) बस्नेत ५ जेठदेखि हिरासतमा छन् ।
