थप समाचारबुधबार, जेठ २९, २०७०
८१ किलो चरेस बरामद
प्रहरी नायव उपरीक्षक संजय सिंह थापाको नेतृत्वमा गएको टोलीले २९ जेठमा मुवारक अंसारीको खेतबाट चरेस तथा १३ केजी गाँजाको धुलो समेत बरामद गरेको हो । प्रहरीका अनुसार भारततर्फ लैजान लागेको सुराकी पाएपछि छापामारेको थियो ।
प्रहरीले चरेसको अनुसन्धानका लागि भनेर दुई जनालाई आफनो नियन्त्रणमा लिएको छ । पर्सामा हाल गाँजा, अफिमको खेती नभएपनि अन्य जिल्लाका तस्करहरुले ट्रान्जिट प्वाईन्ट बनाएको प्रहरीको दाबी छ ।
बिम्मी शर्मा
