थप समाचारशुक्रबार, जेठ ३१, २०७०
भारतीय माओवादी आक्रमणमा तीनको मृत्यु
धनवाद नगरबाट पटनातर्फ गइरहेको उक्त रेललाई करिब १०० छापामारले रोक्न बाध्य बनाएको र त्यसपछि त्यसमा गोली प्रहार गरेको प्रहरी अधिकारी अमिताभ दासले बताए । आक्रमणमा प्रहरी कन्सटेबलका साथै तीन व्यक्तिको मृत्यु भएको तथा अन्य तीन घाइते भएको दासले घटनास्थलबाट टेलिफोनमा बताए ।
मारिएका प्रहरी घटनाका समयमा ‘ड्युटी’मा नरहेको बताइएको छ । मर्ने अन्य व्यक्ति यात्रु थिए । रेलमार्ग प्रहरीको स्थानीय एकाइका प्रमुख दासले घाइते हुने तीनै व्यक्ति जमुइ नगरको भएको बताए ।
सरकारद्वारा सञ्चालित रेलमार्गका अध्यक्ष विनय मित्तलले आक्रमण करिब एक तथा आधा घण्टा चलेको बताए । आक्रमणपछि रेल विस्तारै नजिकैको विसौनीमा पुगेको र त्यहाँ चिकित्सक उपचारका लागि तैनाथ भएको बताइएको छ ।
वामपन्थी माओवादी छापामारलाई सरकारले सबैभन्दा गम्भीर आन्तरिक सुरक्षा चुनौतीको रूपमा लिएको छ र गत महिना उनीहरूले छत्तीसगढ राज्यमा सत्ताधारी कङ्ग्रेस पार्टीका स्थानीय नेताहरूसहित २४ व्यक्तिको हत्या गरेका थिए ।
नयाँ दिल्लीमा गृह सहायकमन्त्री आर.पी.एन. सिंहले छापामारहरूले आफ्नो सङ्घर्ष नियमित बनाउन प्रहरीको हतियार खोस्ने नयाँ रणनीति तय गरेको बताए । माओवादी छापामारहरूलाई नक्सलवादी पनि भन्ने गरिन्छ । छापामार विद्रोहीले आक्रमण गरेको स्थानमा सशस्त्र प्रहरी यात्रुवाहक रेलमा तैनाथ गरिएको छ ।
सहायकमन्त्रीले सरकारले नक्सलवादीलाई हतियार प्राप्त गर्नबाट रोकेको र हाल उनीहरूले हतियार खोस्ने नयाँ रणनीति अवलम्बन गरेको बताए । विद्रोहीहरूले भने आफूले गरिब तथा भूमिहीन किसानका लागि युद्ध गरेको दाबी गरेका छन् ।एएफपी

