समाचारशुक्रबार, जेठ ३१, २०७०
कञ्चनपुर दुर्घटनामा मृत्युको हुनेको सनाखत
दुर्घटनामा परी मृत्यु हुने साइकल सवार कृष्णपुर गाविस–२ बंकका बहादुर पन्त र बसका सहचालक कैलालीको मनुवा गाविस–२ खगेन्द्र जोशी रहेको गुलरिया इलाका प्रहरी कार्यालयले जनाएको छ । सडक डिभिन कार्यालय, महेन्द्रनगरमा कार्यरत ४० वर्षीय बहादुर सडक सरसफाइ गर्न साइकलमा जादै गर्दा बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी झलारीकी २९ वर्षीया तारा कुवँर, वाणीका ३२ वर्षीया गोपाल भट्ट र सुडाका २२ वर्षीय प्रेमबहादुर बोहरा गम्भिर घाईते भएका छन् । तीनै जनाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारतको बरेली लगिएको छ । अन्य यात्रु उपचारपछि घर फर्किएका छन् ।
बच्चु विक, महेन्द्रनगर
