समाचारशनिबार, आषाढ १, २०७०

दुई रङको ग्यास सिलिन्डर बजारमा

रासस

निगमले काठमाडौँसहित मुलुकका प्रमुख सहर पोखरा, विराटनगर, नेपालगन्ज र झापामा पनि नीलो रङ्गको सिलिन्डर १ असारदेखि बजारमा ल्याएको हो ।     निगमले यसअघि नै घरायसी प्रयोजनमा लागि रातो रङको सिलिन्डर बजारमा ल्याइसकेको छ । आर्थिक घाटा कम गर्ने प्रयोजनले निगमले दुई रङको सिलिन्डरको व्यवस्था गरेको हो ।

दुई रङको सिलिन्डरको अलगअलग मूल्य निर्धारण गर्ने भनाइ निगमले सार्वजनिक गर्दै आइरहे पनि नीलो रङको सिलिन्डरको मूल्य भने निर्धारण गरिएको छैन । अहिले पनि निगमले ग्यासको व्यापारमा वार्षिक रु ५१ करोड घाटा सहदै आएको छ । यो घाटालाई आधा कम गर्ने रणनीतिअन्तर्गत निगमले दुई रङ्गको सिलिन्डरको व्यवस्था गरेको हो । हाल नेपालमा वार्षिक रूपमा १४ लाख ग्यासका सिलिन्डर बिक्री हुने अनुमान गरिएको छ ।

अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्कर कोइरालाले आज व्यावसायिक प्रयोजनका लागि नीलो रङको एलपी ग्यास सिलिन्डरको शुभारम्भ गर्दै यसले निगमको आर्थिक घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे र नेपाल एलपी ग्यास बिक्रेता सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले निगमले दुई रङको सिलिन्डर बजारमा ल्याएकामा स्वागत गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>