समाचारआइतबार, आषाढ २, २०७०

राष्ट्रपतिलाई उपचारका लागि जापान लाने तयारी

हिमालखबर

काठमाडौंस्थित ग्र्यान्डी इन्टरनेसनल अस्पतालमा परिक्षणपछि जापान लाने तयारी भएको राष्ट्रपतिका प्रेससल्लाहकार राजेन्द्र दाहालले २ असारमा हिमालखबरलाई जानकारी दिए । राष्ट्रपतिलाई सकेसम्म आजै जापान लैजाने तयारी भएको छ ।

ठूलो आन्द्रामा समस्या देखिएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालका डा. शशी शर्माले ग्र्यान्डी अस्पताल रिफर गरेका थिए । आन्द्राको परिक्षण अत्याधुनिक प्रविधिबाट परिक्षण गर्नुपर्ने भएपछि ग्र्यान्डी अस्पताल लगिएको हो ।

यस्तै २ असार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति यादवलाई नेपाल मेडिकल बोर्डको सिफारिसमा जापान पठाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>