समाचारआइतबार, आषाढ २, २०७०
गस्ती टोली र काठ तस्करबीच गोली हानाहान
४५० घनफिट काँचो सालको गोलिया बाग्मती नदी हुँदै रौतहटको वन क्षेत्रतर्फ ल्याउँदै गरेको तस्कर र वृन्दावन रेञ्जपोष्टबाट खटिएका वन गस्ती टोलीबीच विश्रामपुरको जंगलमा असार २ विहान करिब एक घण्टा गोली हानाहान भएको हो । तस्करले अन्धाधुन्ध गोली फायरिङग गरेपछि गस्ती टोलीले जवाफी फायरिङ्ग गरेको प्रमुख वन अधिकृत बलराम भण्डारी बताउँछन् ।
भिडन्तका क्रममा तस्कर समूहबाट २० राउण्ड र वन रक्षकहरुबाट ४० राउण्ड गोली फायरिङग भएको वन कार्यालयले जनाएको छ । गोली हानाहान भएपछि काठ छाडेर भाग्दे गरेका सर्लाही शंकरपुर–९, सोल्टीका सुनिल थापा(१९) र अशोककुमार महत्तो(२०)लाई गस्ती टोलले पक्राउ गरेको छ । दुबैलाई जिल्ला वन कार्यालय रौतहटको हिरासतमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रमुख वन अधिकृत भण्डारीले जानकारी दिए ।
अलि असगर, वीरगञ्ज
