समाचारसोमबार, आषाढ ३, २०७०
वैद्य पक्ष नआएपनि निर्वाचन हुन्छः दाहाल
विराटनगर विमानस्थलमा ३ असारमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले चुनाव जसरी पनि हुने दाबी गरेका हुन् । माओवादीलगायत आन्दोलनरत सबै दलहरूलाई सहमतिमा आउने वातावरण बनाउन आफूहरू तयार रहेको उनको भनाई थियो ।
अध्यक्ष दाहालले आन्दोलनमा रहेका ४२ दल मध्ये धेरै जसो दल निर्वाचनका पक्षमा रहेकाले चुनाव हुने दाबी गरे । उनले छिट्टै बैठक बसेर उनीहरूका माग सकेजति पुरा गरिने बताए ।
दाहाल सुनसरीको झुम्कामा दुई दिने थारु चलचित्र महोत्सव उद्घाटन गर्न छोरा प्रकाशलाई लिएर आएका हुन ।
कमल रिमाल, विराटनगर
