थप समाचारमंगलबार, आषाढ ४, २०७०

नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा

हिमालखबर

वीरबहादुर चेपाङ, चन्द्रबहादुर दमाई र शिबबहादुर गुरुङ (दाँयाबाट क्रमशः) तस्वीरः सविता श्रेष्ठ/हिमालखबर

दारेचोक–३, नयाँवस्तीका सात घरपरिवारको घरजग्गा अहिले पनि शसस्त्र प्रहरीको नियन्त्रणमा छ । सशस्त्र प्रहरीले काँडे तारवार लगाएर निश्चित भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । सात परिवारको करिब १० कठ्ठा जग्गा सशस्त्रको नियन्त्रणमा रहेको हो । उनीहरुले जग्गा फिर्ता नभए मुआब्जाको माग गर्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन् ।

सुकुम्बासी आयोगले २०५५ मा अस्थायी पुर्जा बनाएर वितरण गरेको जग्गामा २०६० मा सशस्त्रले बेसक्याम्प राखेको हो । अहिले त्यस ठाउँमा सशस्त्र प्रहरीको मध्यमाञ्चल क्षेत्रीय विपद् व्यवस्थापन तालिम केन्द्र छ । प्रहरीले भोगचलन गर्दै आएको स्थानमा दारेचोक–३ वस्ने शिवबहादुर गुरुङ(५७)को ९ धुर, चन्द्रबहादुर दमाइ(५६)को ३ धुर, विष्णुबहादुर गुरुङ(७१)को २ कठ्ठा, वर्ष अनिता थापामगर(३४)को १ कठ्ठा १० धुर, वीरवहादुर चेपाङ(२८)को १ कठ्ठा १५ धुर, वुद्धिबहादुर गुरुङ(५३)को २ कठ्ठा र चन्द्रबहादुर गुरुङ(४६)को २ कठ्ठा १ धुर जग्गा अतिक्रमित भएको छ ।

पीडितले २९ जेठमा जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दर्ता गराएका छन् । प्रशासनले सशस्त्र प्रहरी बललाई चिठी लेखी यस विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेको छ । आफ्नो घरजग्गा सबैै अतिक्रमण भएपछि चन्द्रबहादुर दमाई ४ वर्षसम्म कोठा भाडामा लिएर वसे । २१ जनाको परिवार भएका उनले कष्ठकरसँग जीवन बिताए । घरजग्गा सशस्त्रले अतिक्रमण गरेपछि आफूले गर्दै आएको व्यवसायीक पशुपालन पनि छाडे । ‘मैंले धेरै दुःख पाएँ’ जग्गा अतिक्रमणले भएको समस्या उनले सुनाए । घर सहितको एक कठ्ठा ४ धुर जग्गा अतिक्रमण परेकोमा २०६३ मा अरु फिर्ता भएपनि तीन धुर अझै शसस्त्रको तारबार भित्र भएको उनले वताए ।

आफूहरुको गरिखाने थोरै जग्गा पनि सशस्त्रले अतिक्रमण गरेपछि जीवनयापन निकै कष्टकर भएको पीडित मध्येका एक शिवबहादुर गुरुङ वताउँछन् । पीडित स्थानीयले २०६३ मा अतिक्रमित जग्गाको मुअब्जा पाउ भनी सशस्त्रको कार्यालयमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनमा पनि पटकपटक कुरा राख्दा पनि सुनुवाइ नभएको गुरुङको गुनासो छ ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>