समाचारमंगलबार, आषाढ ४, २०७०
संविधानसभा निर्वाचन तालिका सार्वजनिक
आयोगका अनुसार मतदाता नामावली दर्ता यही असार मसान्तसम्ममा सम्पन्न गरिने छ । त्यस्तै समानुपातिक उम्मेदवारी र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन कार्यक्रम भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म हुने आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रम
मतदाता नाम दर्ता गर्ने अन्तिम समय असार मसान्तसम्म
दर्ता भएको नाममाथि दावी विरोध, छानबिन, अन्तिम नामावली तयारी र प्रकाशन साउन पहिलो सातादेखि तेस्रो सातासम्म
राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजनका लागि) को अन्तिम निर्णय साउन तेस्रो सातासम्म
मतदाता शिक्षा सामग्री वितरण तथा सम्प्रेषण साउन तेस्रो सातादेखि कात्तिक तेस्रो सातासम्म
मतदाता शिक्षा तालिम सञ्चालन साउन तेस्रो सातादेखि कात्तिक दोस्रो सातासम्म
मतदान केन्द्र निर्धारण साउन दोस्रो सातासम्म
आचार संहिता तर्जुमा, अनुमोदन, कार्यान्वयन र अनुगमन मङ्सिर मसान्तसम्म
निर्वाचन अधिकृतको नियुक्ति, तालिम र कार्यालयको स्थापना भदौ पहिलो सातादेखि भदौ मसान्तसम्म
समानुपातिकतर्फको उम्मेदवारीसम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म
पहिलो हुने निर्वाचन हुने निर्वाचन कार्यक्रमको सञ्चालन भदौ चौथो सातादेखि असोज दोस्रो सातासम्म
राजनीतिक दल, नागरिक समाज, अन्य सरोकारवालासँग अन्तरक्रिया असार चौथो सातादेखि कात्तिक तेस्रो सातासम्म
निर्वाचन परिवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन र प्रतिवेदन असार चौथो सातादेखि मङ्सिर मसान्तसम्म
सञ्चार माध्यममा अनुगमन साउन पहिलो सातादेखि मङ्सिर तेस्रो सातासम्म
संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना भदौ पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म
मिडिया सेन्टर विकास, व्यवस्थापन र सञ्चालन असार चौथो सातादेखि मङ्सिर मसान्तसम्म
मतदान मङ्सिर ४ गते
मतगणना, परिणाम प्रशोधन र घोषणा मङ्सिर ४ गतेबाट
रासस
