समाचारबुधबार, आषाढ ५, २०७०

वातावरण मिलाई दिए, सरकारले चुनाव गराउँछः रेग्मी

हिमालखबर

नेपाल स्काउटको हिरक महोत्सवको अवसरमा ५ असारमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले सरकारले निर्वाचनसम्बन्धी सम्पूर्ण कानुनहरु तयार पारीसकेकाले सबै पक्षले मिलेर निर्वाचन सम्पन्न गराउनु पर्ने बताए । उनले सबै वर्ग, समुदाय र क्षेत्रको समान रुपमा प्रतिनिधित्व गराएर निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले स्काउटले शारीरिक विकासका साथै पठनपाठनमा पनि महत्वपूर्ण सहयोग गर्ने धारणा राखे । । २००९ स्थापना भएयता स्काउटमा ५२ हजार सदस्य बनीसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>