थप समाचारबुधबार, आषाढ ५, २०७०

लागूऔषधका सात अभियुक्त सार्वजनिक

हिमालखबर

विरगञ्ज प्रहरीद्वारा सार्वजनिक अभियुक्तहरू । तस्वीरः बिम्मी शर्मा/हिमालखबर

८५ किलोग्राम चरेस र टिडी जेसिक सहित पक्राउ परेका उनीहरूलाई ५ असारमा सार्वजनिक गरिएको हो । विभिन्न जिल्लाबाट ल्याएर र भारततर्फ लैजान लागेको सूचनाको आधारमा वीरगञ्जमा प्रभु साह सोनार(१९)को चिया पसलमा छापामार्दा उक्त परिमाणको चरेश बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारत विहार पूर्वी चम्पारण मोतिहारीका मुकेश श्रीवास्तव,

वीरगञ्ज–३ का संतोष पटेल र सोनारलाई नियन्त्रणमा लिइएको जिप्रका पर्साका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले बताए ।

पाँच किलो चरेशसहित पक्राउ परेका भारतीय नागरिक श्रीवास्तवले दिएको बयानको आधारमा चिया पसलमा छापा मारेको थियो । रक्सौलबाट लागूऔषध डाइजोपाम, लुब्रीजेशिक र फेनारगन २५५ थान सहित चितवन वीरेन्द्र नगरका सुरज लामा, सोमबहादुर तामाङ, चितवन दारेचौक–३ का दिनेश गुरुङ्ग र खैरेनी–४ का राम कार्की पक्राउ परेका छन् ।

बिम्मी शर्मा, विरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>