समाचारबुधबार, आषाढ ५, २०७०

दलितवस्तीमा आक्रमण गर्नेलाई कारवाहीको माग

हिमालखबर

दलित नागरिक समाजले ५ असारमा राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले मुख्य दोषीलँई कारवाहीको माग गरेका हुन । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले आक्रमणमा संलग्नलाई कारवाही तथा अन्य समुदायलाई काउन्सिलिङ गर्नुपर्ने बताए । मानवअधिकारकर्मी सुशील प्याकुरेलले कथित दलित समुदायको समस्याको राजनीतिक समाधान खोन्ज नसक्दा यस्ता घट्ना दोहोरिने गरेको बताए ।

भक्त विश्वकर्माको संयोजकत्वमा गठित टोलीले स्थलगत अध्ययनपछि पीडित पक्षले स्थानीय इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमाथि प्रहरीले सुनुवाई नगर्दा यो समस्या झन–झन गम्भिर बन्दै गएको निश्कर्ष निकालेको छ ।

३० बैशाखमा रौतहटको पिपरिया दोस्तिया–८ मा रहेको मन्दिरमा प्रवेश गर्न लागेको निहुमा २४ जेठमा योजना बद्धरुपले सयौको संख्यामा आएका गैरदलितहरूले दलित बस्तीमा आक्रमण गरेका थिए । पिडित पक्षले उजुरी फिर्ता नलिएको भन्दै गैर–दलितहरुले दलितहरुको घर तोडफोड, पशुचौपायामाथि आक्रमण, अन्नबाली लुटपात गरेका थिए ।

देबकी विष्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>