समाचारबुधबार, आषाढ ५, २०७०
फिस्टेल एयर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
इटालियन क्याप्टेन डेविड र फिस्टेल एयरका व्यवस्थापक दिलक श्रेष्ठ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए । गोमा एयरका पाइलट ऐडी शेर्पा र को–पाइलट प्रज्वल भट्टराई, गोमा एयर हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामा सामान्य घाइते भएका छन् । घाइतेहरूको सिङकोटस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
हुम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना
तिब्बतसँग सीमा जोडिएको हुम्लाको मुचु—९ मा गएको पहिरोमा परेका स्थानीयको उद्धारका लागि टोली पुर्याएर फर्कदैं गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हुम्ला प्रहरीले दिएको जानकारी अनुसार हेलिकप्टर मुचु—६ स्थित सेन्तेन साम्ताङ कुनामा ५ असारमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलीकप्टरमा इटालिएन क्याप्टेनसहित गोमा एयरका पाइलट प्रज्वल भट्टराई र ऐडी शेर्पा, गोमा एयर हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामा, सिमीकोट विमानस्थल प्रमुख टेकबहादुर पातली र फिष्टेल एयरका व्यवस्थापक दिलक श्रेष्ठ रहेको जनाइएको छ । उनीहरू सबै सकुशल छन् ।
मुचु—६ तुमकोटका स्थानीय सितार लामाले हेलिकप्टर नजिकैबाट उड्दै गई केही पर जमीनमा खसेको देखेको बताए । क्षतिको विस्तृत विवरण आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक युवराज चौधरीले प्रहरी घटनास्थलतर्फ गइसकेको बताए ।
तुफान न्यौपाने, नेपालगञ्ज
