समाचारबिहीबार, आषाढ ६, २०७०
उच्चस्तरीय राजनैतिक संयन्त्र खारेज गरः थापा
बनेपामा ६ असारमा नेपाल विद्यार्थी संघ, काभ्रेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले संयन्त्रको कुनै औचित्य नभएको भन्दै खारेज गर्न माग गरेका हुन । संयन्त्र खारेजीसँगै आन्दोलनरत दलहरु समेत सहमतिमा आउने उनको विश्वास छ ।
नेता थापाले संयन्त्र नहुँदा रेग्मी सरकारले पनि स्वतन्त्र रुपमा काम गर्न पाउने तर्क गरे । उनले उच्चस्तरीय राजनैतिक संयन्त्र भागबण्डामा मात्रै सिमित भएको आरोप समेत लगाए ।
कार्यक्रममा थापाले वार्ताका लागि अहिले भइरहेका प्रयास अपर्याप्त भएको दाबी गरे । खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा आए र समानुपातिक सिट संख्या ५८ प्रतिशत बनाईए आन्दोलनरत दल पनि चुनावमा सहभागी हुने थापाको विश्वास थियो ।
नागेन्द्र अधिकारी, काभ्रे
