समाचारबिहीबार, आषाढ ६, २०७०

निर्वाचनका लागी नेपाल प्रहरी तयार

हिमालखबर

प्रहरी प्रधान कार्यालयले ६ असारमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सिलवाल । तस्बीर: देबकी विष्ट/हिमालखबर

प्रहरी प्रधान कार्यालयले ६ असारमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावका लागी नेपाल प्रहरी प्रतिबद्ध भएको भन्दै चुनावलाई हर तवरवाट सहयोग गर्नका लागी तयारी अवस्थामा रहेको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचन केन्द्रित गरी काम अगाडि बढाई सकेको भन्दै थप दरवन्दी आएपछि ८० प्रतिशत प्रहरीलाई निर्वाचनमा खटाउन सकिने प्रहरी प्रवक्ता डिआईजी नवराज सिलवालले जानकारी दिए ।

गृह मन्त्रालयले सुरक्षा निति सार्वजनिक गरेसँगै प्रहरीले समेत थप चुनावी सुरक्षा रणनिति तय गर्ने उनले बताए । आगमी मंसिरमा हुने निर्वाचनका लागी करिव दर्जन बढि चुनौतिहरु भएको भन्दै प्रवक्ता सिलवालले चुनौति सामना गर्नका लागी नेपाल प्रहरी तयार रहेको बताए । नियमित सुरक्षाका बिषयमा जनता र समाज बिश्वस्त रहन आग्रह गर्दै उनले जनताको सहयोगमा नेपाल प्रहरीले जस्तो सुकै चुनौति सामना गर्ने बताए । निर्वाचनको बिपक्षमा रहेका राजनैतिक दलसँग राजनैतिक सहमति गरी अगाडि बढ्ने बाताबरण शिर्ष दल र सरकारले तयार गर्ने हो भने अन्य सुरक्षा चुनौतिका कारण निर्वाचनमा असर नपर्ने सिलवालको भनाई छ ।

-देबकी विष्ट/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>