समाचारबिहीबार, आषाढ ६, २०७०
अलपत्र चार सय मध्ये ७० नेपालीको उद्धार
अलपत्र करिब चारसय नेपालीमध्ये झण्डै ७० जनालाई हेलिकोप्टरबाट उद्धार गरेर देहरादुन र हृषिकेशमा निर्माण गरिएका अस्थायी शिविरमा पु¥याइसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले जानकारी दिए । भारतको उत्तराखण्ड राज्यमा अवस्थित गएका नेपाली तीर्थयात्री त्यहाँ परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोमा परी अलपत्र परेपछि सरकारको अनुरोधमा भारत सरकारले उनीहरूको उद्धार गरेको थापाले बताए ।
उत्तराखण्डमा गएको बाढीपहिरोमा परी करिब ६० हजार भारतीय नराम्ररी प्रभावित भएको छ । त्यस क्षेत्रमा बाढी पहिरोमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाइएको छ ।रासस
