समाचारशुक्रबार, आषाढ ७, २०७०
सरकारलाई राहत र उद्धारमा लाग्न आग्रह
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ७ असारमा अध्यक्ष रेग्मीलाई भेटेर बाढीपीडित परिवारलाई तत्कालै प्रतिपरिवार रु. एक लाख राहतस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिएका हुन । भेटमा अध्यक्ष दाहालले दार्चुलाका अतिरिक्त कालीकोट, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा अवलोकनका लागि दलका नेताहरुलाई हेलिकोप्टरको व्यवस्था गर्न समेत आग्रह गरे ।
यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, दिलेन्दप्रसाद बडु, एनपी साउद, बद्री पाण्डे, मुख्य सचिव चीनकाजी श्रेष्ठ, विद्यार्थी नेता भूपेन्द्रजङग बस्नेतलगायतलार्य भेटेर राहत, उद्धारसँगै पहिरोले भत्काएका पूर्वाधारहरुको पुनःनिर्माण कार्य युद्धस्तरमा अघि बढाउन आग्रह गरेका छन् ।
खासगरी दार्चुलामा भएको क्षति धौलीगङगा हाइड्रोपावरको कारण भएको भन्ने गुनासो उठेको र उक्त क्षेत्र सीमाक्षेत्र परेकोले धौलीगङगा हाइड्रोपावरको निर्माणमा राम्रो प्रवन्ध नहुँदा त्यसले क्षति पुगेको कुरामा नेपाल र भारत दुवै पक्षमा गुनासो उठेको बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो ।
