समाचारशुक्रबार, आषाढ ७, २०७०
छ सचिवको सरुवा
सिंहदरबारमा ७ असारमा बसेको बैठकले केशवप्रसाद भट्टराईलाई विज्ञान तथा प्रविधि मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, शिक्षा सचिव सोमलाल सुवेदीलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा, सुदुरपश्चिमाञ्चलकामा, क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षा मन्त्रालयमा, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगोलाई शिक्षा मन्त्रालयमा, महालेखा नियन्त्रक नरेन्द्र दाहाललाई निर्वाचन आयोगमा र मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धवप्रकाश बास्कोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रका चार वरिष्ठ अधिकृतहरूलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा हुनेहरूमा डा लखनलाल शाह, डा तीर्थराज बुर्लाकोटी, डा रोजन सुन्दर श्रेष्ठ र डा शीला बर्मा छन् ।
