समाचारशुक्रबार, आषाढ ७, २०७०

पुनर्निर्माणका लागि रु. ५० करोड

हिमालखबर

सिंहदरबारमा ७ असारमा बसेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणका लागि रकम छुट्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रिय राहत तथा उद्धार कोषमा प्रतिवर्ष रु. १० करोड थप गर्ने समेत निर्णय गरेको छ । बैठकले क्षतिको विवरण संकलन गरेर पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै नेपाली सेना साधारणतर्फको सहायक रथीमा महासेनानी धु्रबबहादुर शाहलगायत दुई जनालाई बढुवा गरिएको छ भने ११ जना सहायक रथीहरूको सरुवा गरिएको छ ।
। सीमा सुरक्षाको प्रयोजनका लागि समेत गरी सशस्त्र प्रहरीका विभिन्न दर्जामा ३ हजार २ सय ४३ जनाको नया दरवन्दी कायम गरेको छ ।

सरकारले कालिगण्डकी–ए जलविद्युत परियोजना निर्माणका लागि विश्व बैङ्कले दिने रु. २ अर्ब ५२ करोड ५६ लाख ऋण अनुदानमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>