समाचारशनिबार, आषाढ ८, २०७०
चट्याङले तीन बालिकाको मृत्यु
घर नजिकै ८ असार बिहान चट्याङ पर्दा कलैया नगरपालीका वडा १३ की शोवीयन खातुन(१२), नुरजाँहा खातुन(९) र सोनीकुमारी महत्तो(१२)को ज्यान गएको कलैया अस्पतालले जनाएको छ । उनीहरू तीनै जना घर नजिकैको बारीमा गएका वेला चट्याङ परेको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज
