समाचारशनिबार, आषाढ ८, २०७०
बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको लक्षण
बर्दियाको राजापुर क्षेत्रका ११ गाविसमा यस्तो लक्षण देखिन थालेको हो । यही २–४ असारमा लगातार परेको अविरल वर्षाबाट आएको बाढीले त्यस क्षेत्रको खानेपानी प्रदूषित भएपछि पानीबाट फैलिने विभिन्न रोग देखा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अच्युत लामिछानेले जानकारी दिए ।
प्रदूषित पानीप्रति सचेत रहन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । दौलतपुर–२ का बाढीपीडित प्रमोद चौधरी उपचारको चिन्ता थपिएको बताउँछन् ।
