समाचारशनिबार, आषाढ ८, २०७०

उत्तराखण्डबाट ३३ तीर्थालु आईपुगे, हजारौं नेपाली अझै अलपत्र

हिमालखबर

गएको १५ जेठमा तीर्थाटनका लागि भारत गएका काभ्रेको बनेपा नगरपालिका र अनेकोट गाविसका ३३ जना तीर्थालु कञ्चनपुर आईपुगेका हुन । गंगोत्री, काँशी, बनारस घुमेर केदारनाथ, बद्रीनाथ जाँदै गर्दा पाण्डुकेश्वरमा फसेको उनीहरुले बताए । काभ्रे, देउराली–३ का धर्मराज पन्त (७१) बद्रीनाथ पुग्न २० किलोमिटर मात्रै बाँकी हुँदा बाढीमा परेको बताउँछन् । पन्तले हिमालसँग भने, ‘‘अघि–अघि हामी दगुथ्र्यौ, पछि–पछि बाढी आउँथ्यो । भारतीय सेनाले उद्धार गरे ।”

उनीहरू बद्रीनाथ जाँदै गर्दा ३ असारमा पाण्डुकेश्वरमा बाढीले बाटो बगाउदा अलपत्र परेका थिए । पुरुषोत्तम पोख्रेल (६२) आफूसँग भएका चिउरा, विस्कुट खाएर बाँचेको उनीहरू बताउँछन् । तीन दिन त्यसै विताएका चौथो दिन भारतीय सुरक्षाकर्मीले सहयोग गरेका थिए ।

अर्का तिर्थालु रामप्रसाद सापकोटा स्वदेशी र विदेशी नभनी सेनाले पिठ्युमा बोकेर उद्धार गरिरहेको बताए । उनले आपत्त पर्दा सेनाहरु भगवान बनेर आएको बताए । उनी अझै पनि धेरै नेपाली उद्धारको पर्खाइमा रहेको बताउँछन् ।

भारतीय सेनाले उद्धार गरेपछि भारतीय प्रशासनले उनीहरुलाई पश्चिमी सीमा नाका गड्डाचौकीसम्म पु¥याएको थियोे । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे, प्रहरी गुल्मका प्रहरी उपरीक्षक बिक्रम चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंग मल्ल सहितको टोलीले खादा पहिराउँदै अबिर लगाएर पश्चिमी नाकामा स्वागत गरेका थिए । उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनले खानपिनको व्यवस्था गरेका थिए ।

बच्चु बिक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>