थप समाचारशनिबार, आषाढ ८, २०७०

युरोपको पहाडमा नेपालीहरुको सम्मेलन

हिमालखबर

किरण नेपाल, जुरीच
छैठौँ युरोप सम्मेलनका क्रममा २०० भन्दा नेपालीहरु स्वीट्जरल्याण्डको यस पहाडी शहरमा भेला भएका हुन् । यहाँस्थित नेपाली राजदूत शंकरदास बैरागी र स्वीट्जरल्याण्डकी पूर्व फेडरल चान्सलर आनामारी हुबर–होचसहित एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र अध्यक्ष जीबा लामीछानेले संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरे । स्थापनाको १० औँ वर्षमा भइरहेको विदेशमा बस्ने नेपालीहरुको यस सम्मेलनमा देखिएको नयाँ पाटो हो, स्वदेशमा भित्र मात्र नभई विदेशमै पनि लगानीका संभावनाले पाएको प्राथमिकता ।
एक्ला एक्लै लगानी गर्ने नेपालीहरुको संख्या उल्लेख्य भइनसकेको अवस्थामा सामुहिक लगानी सम्बन्धि संगठनभित्र चलेको पछिल्लो अवधारणालाई सहभागीहरुले सुरुचीपूर्वक लिएका थिए । लामो समयसम्म पनि व्यक्तिगत लगानी गर्ने एनआरएनहरुको संख्यामा उल्लेख्य बृद्धि हुन नसकेको सन्दर्भमा पछिल्लो समयमा एनआरएनएले सामुहिक लगानीको अवधारणालाई प्राथमिकता दिन थालेको हो । यसका लागि संगठन भित्रै रु. १०० करोडको सामुहिक लगानी कोष स्थापना भइसकेको छ र, सामुहिक लगानीकै अवधारणा अन्र्तगत लमजुङको दोर्दिखोलामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माणको कार्य शुरु भइसकेको छ ।

गैर–आवासीय नेपालीहरुको भेलामा प्रवेश भएको पछिल्लो अवधारणाले स्वदेशमा शुरु हुन गइरहेको केही नयाँ आयोजनाका प्रस्तुती समेत सम्मेलनमा गरियो । सरकारबाट निर्माण स्वीकृत पाइसकेको काठमाण्डौँ–हेटौँडा सुरुंगमार्गमा एनआरएनहरुको लगानी भित्र्याउन नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशीले प्रस्तुती गरेका थिए । एनआरएनएका युरोप संयोजक कुमार पन्तले सामुहिक लगानीमार्फत युरोपका विभिन्न शहरहरुमा होटलहरुमा लगानी गर्न सक्दा आम्दानीमा हुने बढोत्तरीको संभावनाहरुबारे चर्चा गरेका थिए । यसवाहेक नेपालबाट आएका राजेन्द्र खेतान, चन्द्र ढकाललगायतका उद्यमीहरुले बदलिएको परिवेशमा मुलुकभित्रको लगानीका नयाँ नयाँ आयामहरुबारे चर्चा गरेका थिए । एनआरएनएका अध्यक्ष जीबा लामिछानेसहित, संस्थापक अध्यक्ष उपेन्द्र महतो, शेष घले, लगायत विदेशमा सफलता हासील गरेका उद्यमीहरुले स्वदेश भित्र लगानी गर्दाका अनुभव शेयर गरेका थिए ।

सम्मेलनमा लगानी तथा आर्थिक कुट्नीति, सुरक्षित आप्रवासनः युरोपको नेपाली डायस्पोराको आयाम, कल्याणकारी कार्य तथा नेपालको प्रवद्र्धन, स्वीस सरकारी निकाय तथा गैरसरकारी कार्यालय, नेपाली नागरीकताको निरन्तरता लगायतका विषयहरुमा सहभागीहरुबीच विमर्श भइरहेको छ ।

मुलतः नेपालभित्रको लगानी अभिबृद्धि, सामाजीक हितमा सहयोग, तथा लगायतका विषयहरुमा केन्द्रित यस सम्मेलनका सहभागीहरुबीचको अर्को चर्चाको विषय बनेको छ, आगामी अक्टोबरमा काठमाण्डौमा हुने एनआरएनए ग्लोबल सम्मेलनमा हुने नयाँ नेतृत्व छनौट । मातृभूमी भन्दा धेरै टाढा बसेर मुलुकबारे चर्चा गर्दा उर्लने संवेदनाका कारण हुनसक्छ, यसअघिका भेला झैँ जुरीच कन्फ्रेन्समा पनि भावनाका भेलहरु बगे, जसले कतिपय वक्ताहरुलाई उद्देलनमै सिमित बनायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>