समाचारआइतबार, आषाढ ९, २०७०
राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी रिर्पोट १० असारमा आउने
राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै जापानस्थित नेपाली दूतावासले दुई दिन भित्र विस्तृत रिर्पोट आउने जनाएको हो । प्राप्त प्रतिवेदनका आधारमा राष्ट्रपतिको उपचार सम्बन्धमा थप निर्णय लिइने पनि उक्त दूतावासले जनाएको छ ।
शिक्षण अस्पतालका प्राध्यापक तोसिकाइ वातानाबे नेतृत्वको विशेषज्ञ टोलीले राष्ट्रपतिको उपचार गरिरहेको छ । उनी ४ असारमा जापानको अस्पताल भर्ना भएका हुन । रासस
