समाचारआइतबार, आषाढ ९, २०७०

लोकमानसिंको नियुक्ति पनि उपलब्धीः सरकार(विज्ञप्तिसहित)

हिमालखबर

सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेल । तस्वीरः रासस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ९ असारमा पत्रकार सम्मेलन गरेर अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारका सय दिने उपलब्धी सार्वजनिक गरिएको हो । सरकारले निर्वाचनसम्बन्धी कानुन निर्माण, मिति घोषणा, निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोग गठनलाई निर्वाचन वातावरणका आधार मानेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले निर्वाचन गर्ने एकमात्र उद्देश्य लिएर गठित सरकारले संवैधानिक, कानुनी र आफ्नै कतिपय सीमाका बाबजुद राजनीतिक गतिरोधलाई निकास दिन र सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

सरकारले दलहरूसँगको वार्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिं कार्कीको नियुक्ति, चुनावको वातावरण बनाउन विभिन्न दललाई वार्तामा आव्हान गर्नु आदिलाई पनि सरकारले आफ्नो उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।

यस्तै सरकारले गरेका उपलब्धीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन पारित हुनु, २७ चैतमा पूर्ण बजेट आउनु, अकुपाई बालुवटार, मुक्त कमलरीलगायतसँग वार्ता र सहमति गर्नु, दुई रंगको सिलिण्डर कार्यान्वयनको तयारी, वायु सेवा निगमलाई दुई वटा जहाज खरिद गर्ने निर्णय गर्नु, विभिन्न रोगको खोप वितरण आदि छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>