थप समाचारसोमबार, आषाढ १०, २०७०

न्याय माग्दा मानसिक अस्पताल लगियो

हिमालखबर

छोराका हत्यारालाई कार्बाहीको माग गर्दै २२ माघ २०६९ देखि अनसन बस्दै आएका गोरखाका नन्दप्रसाद अधिकारी (५५) र गंगामाया (५२) लाई ३० जेठ २०७० मा मानसिक सन्तुलन बिग्रिएको भन्दै लगनखेलको मानसिक अस्पताल पु¥याइएको छ । अस्पतालको क्याबिन नम्बर ४४ र ४५ मा रहेका नन्दप्रसाद आफूलाई लठ्याउने औषधि खुवाएको बताउँदै भन्छन्, “मार्ने हो भने गोली ठोके हुन्थ्यो, यस्तो यातना किन दिनू ।” बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवास बालुवाटारको ढोका अगाडि धर्ना बस्दा प्रहरीले पक्रेर ४९ दिन नजरबन्दमा राखेको रिपोर्ट १९ जेठ २०७० को अंकमा हिमाल ले प्रकाशित गरेको थियो ।

५ असारमा मानवअधिकारकर्मी र पत्रकार अस्पताल पुग्दा नन्दप्रसादले आफ्नो पीडा बताए पनि गंगामाया भने औषधिले लट्ठिएर बोल्न नसक्ने अवस्थामा थिइन् । अनसन बसेकाले केही नखाने बताउँदा पनि लठ्याउने औषधि मिसाएको जुस र चिया जबर्जस्ती खुवाएको अस्पतालकी एक सुसारेले बताइन् । माथिको आदेश भएकाले लठ्याउने औषधि खुवाउन आफू बाध्य भएको पनि उनको भनाइ थियो ।

धेरै औषधि खुवाइएकाले पिसाब नियन्त्रण गर्न नसकेर ओछ्यानमै छोडेका नन्दप्रसाद भन्छन्, “छोरालाई चार—पाँच दिन यातना दिएर मारे, मलाई त्योभन्दा ठूलो यातना दिइएको छ ।”

मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>