समाचारसोमबार, आषाढ १०, २०७०

विस्फोट हुनु पाँच घण्टा अगाडि टाइम बम निस्क्रिय

हिमालखबर

नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट आएको टोलीले १० असार मध्यान्ह १ बजे बम निस्क्रिय पारेको हो । डिस्पोजल टोलीका अनुसार बम १२ घण्टाको टाइम सेट गरेर बिहान ६ बजे राखिएको कुकर बम दुई लिटरको क्षमताको थियो ।

देब पचभैया, पाल्पा

मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको घरमा कुकर बम

चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको जन्म घरमा कुकर बम भेटिएको छ । पाल्पाको पोखराथोक–६ मा रहेको अध्यक्ष रेग्मीको घर भन्दा ५० मिटर टाढा नेकपा माओवादी क्रान्तीकारी लेखिएको झोलामा बकम भेटिएको पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जानकारी दिए ।

१० असार बिहान साढे ६ बजे तिर काभ्रोको रुखमा झुण्ड्याएको अवस्थामा झोला र पर्चा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सरकारले चुनाब गर्न नसक्ने, अहिलेको अबस्थामा चुनाब हुन सक्दैन लगायतका कुरा पर्चामा उल्लेख गरिएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
बुटवल पृतनाबाट  बम डिस्पोजल टोली बोलाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । रेग्मीको जन्म घरमा रेखदेखको लागी भन्दै छिमेकी बस्दै आएका छन् ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>