थप समाचारमंगलबार, आषाढ ११, २०७०
नाबालिगसँग सम्बन्ध राखेको आरोपमा बर्लुस्कोनीलाई जेल सजाय
नाबालिगसँग यौन सम्बन्ध राखेको आरोपमा इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीलाई त्यहाँको एक अदालतले सात वर्ष जेल सजायका साथै जीवन भर कुनै पनि सार्वजनिक पदमा रहन प्रतिबंध लगाएको छ ।
राजधानी मिलानको अदालतले बर्लुस्कोनीलाई यो मामिला दबाउनका लागि आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेकोमा पनि अदालतले दोषि ठहर गरेको छ ।
अदालतको यो फैसला यस मुद्दामा हुने अपीलमाथि सुनुवाई भएपछि मात्रै लागु हुनेछ ।
मिलानको नाइट क्लबकी डान्सर समेत रहेकी रुबी र बर्लुस्कोनी दुवैले उनीहरुबीच शारीरिक सम्बन्ध भएको कुरा अस्वीकार गर्दै आएका छन् । बर्लुस्कोनीले आफ्नो राजनीतिक जीवन समाप्त पार्न षडयन्त्रपूर्वक फैसला सुनाइएको आरोप लगाएका छन् ।
७६ वर्षीय बर्लुस्कोनीले आफ्नो निजी निवासमा पार्टीको आयोजना गरेर १७ बर्षीया करीमा एल महरोग (रुबी) सँग यौन सम्बन्ध कायम गरेको र रुबीलाई सात हजार युरो दिएको आरोप छ ।
तीन पटक प्रधानमन्त्री भइसकेका बर्लुस्कोनीलाई कर छलीको अरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो ।
एजेन्सी


