समाचारमंगलबार, आषाढ ११, २०७०
दत्त एमाओवादीमा, मधेशी दल सत्ताका लोभी भएको आरोप
एमाओवादी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले मधेशी जनअधिकार फोरम गणतान्त्रिक परित्याग गरेर एमाओवादीमा प्रवेश गरेका नन्दनकुमार दत्त लगायतकालाई स्वागत गर्दै मधेशमा आफ्नो दलको पकड बलियो हुँदै गएको दाबी गरे ।
एमाओवादीमा प्रवेश गरेका दत्तले मधेश केन्द्रित दलहरु सत्ता र पैसामा मात्रै केन्द्रित भएको आरोप लगाए । मधेशी दल सत्ता स्वार्थमा अल्झिएकाले मधेशका समस्या समाधानका लागि आफू एमाओवादीमा प्रवेश गरेको दत्तको भनाई थियो ।
