समाचारमंगलबार, आषाढ ११, २०७०
चीन र नेपालबीच सहयोग सम्झौतामा हस्ताक्षर
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइचीको उपस्थितिमा अनुदान तथा भौतिक सहयोगसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतापत्रमा ११ असारमा हस्ताक्षर भएको छ ।
चीनले नेपाललाई संविधानसभाको निर्वाचनका लागि रु १५ करोड ४१ लाख मूल्य बराबरको भौतिक एवम् कार्यालय सामग्री समेत प्रदान गर्ने भएको छ ।
सहयोगसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थ सचिव शान्तराज सुवेदी र चीनको वाणिज्य मन्त्रालयका सचिव जियाङ जेङवेइले हस्ताक्षर गरेका छन् ।
नेपालको सामाजिक–आर्थिक विकासका लागि चीन सरकारले निरन्तररुपमा उपलब्ध गराउँदै आएको सहायताप्रति सरकारले कृतज्ञता ज्ञापन गरेको छ ।
