समाचारबुधबार, आषाढ १२, २०७०

प्रमुख निर्वाचन आयुक्तलाई वक्तब्यवाजी नगर्न चेतावनी

हिमालखबर

समितिको कार्यालय नयाँ बानेश्वरमा १२ असारमा बसेको बैठकले निर्वाचन सम्पन्न गर्न प्राविधिक तयारीमा लाग्नुको साटो प्रमुख निर्वाचन आयुक्त उप्रेतीले राजनीतिक भाषण गर्दै हिंडेको भन्दै आपत्ती जनाएको समिति सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । दलहरूबीच सहमति हुनु र नहुनुमा दलहरु नै जिम्मेवार हुने र यसमा निर्वाचन आयोगले चासो लिँदै हिड्नु ठीक नभएको समितिको ठहर छ ।

बैठकले निर्वाचनको मुखमा आएर आयोगमा सचिवको फेरवदल हुनुमा गम्भिर चासो व्यक्त गरेको समिति सदस्य  श्रेष्ठले जानकारी दिए । समितिका शीर्ष नेताहरूले निर्वाचनको काम कारवाहीबारे जानकारी लिन आयोगसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

समितिले जुनसुकै अवस्थामा पनि आगामी ४ मंसिरमा निर्वाचन सम्पन्न गराएरै छाड्ने उल्लेख गर्दे दलहरुसँगको वार्ता सकारात्मक ढंगले अगाडि बढेकोले यसलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>