थप समाचारबुधबार, आषाढ १२, २०७०
कांग्रेसको बहुमत आउने सुजाता कोइरालाको दाबी
नेपाल प्रेस युनियन धनकुटाले ११ असार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले ४ मंसीरमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष भए नेपाली काग्रेसको बहुमत सुनिश्चित भएको बताएकी छन् ।
कोईरालाले आन्तरिक कलहले गर्दा यसअघि कांग्रेस दोस्रो पार्टी भएको बताउँदै अब कांग्रेस एक ढिक्का भएर अघिबढ्ने दाबी गरिन् ।
वर्तमान सरकारको नेतृत्वमा गैरराजनीतिक व्यक्ति भएकोले निष्पक्ष निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउँदै नेतृ कोईरालाले अहिलेको सरकारलाई सवैले सहयोग गर्न आग्रह गरिन् ।
उनले संविधान सभा निर्वाचनमा समानुपातिक तर्फ थ्रेसहोल्ड नराखिएकोमा आपत्ति व्यक्त गर्दै कम्तीमा पनि ३ प्रतिशतसम्म थ्रेसहोल्ड राखिनु पर्नेमा जोड दिइन् ।
कोइरालाले सबैदलहरु निर्वाचन प्रक्रियामा सहभागी भई मुलुकलाई अघि बढाउनु पर्ने भन्दै लोकतन्त्रका पक्षधरहरुले निर्वाचन बहिष्कारको कुरा गर्न नमिल्ने बताएकी थिइन् ।
सन्तोष रुचाल, धनकुटा
