थप समाचारबुधबार, आषाढ १२, २०७०
लुसी, विष्णु, ज्याक, एमी र लैलाको अनुसन्धान (फोटो फिचर)
तस्करहरुले बैदेशिक रोजगारमा गएका र अन्य ब्याक्तिहरुलाई भरिया बनाएर लागुऔषधको ओसारपसार गर्ने गरेको लागुऔषध नियन्त्रण कानून कार्यान्वयन इकाईका प्रहरी बरिष्ठ उपरीक्षक रणबहादुर चन्द बताउँछन् ।
चन्दका अनुसार पछिल्लो समयमा तस्करहरुले कार्गो, कुरियर मार्फत पनि लागुऔषध ओसार पसार थालेका छन् ।
लागुऔषध पत्ता लगाउन भन्दै ११ असारमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो विभागमा तालिम प्राप्त कुकुरहरुबाट लागु औषधको खोजी अपरेशन गर्यो ।
प्रहरीले तालिम प्राप्त ५ ओटा कुकुर लुसी, विष्णु, ज्याक, एमी, लैलाको सहयोगमा विमानस्थलको कार्गो विभागमा चेकजाँच गरे पनि लागुऔषध भने फेला परेन ।
शब्द/तस्वीर: देबकी विष्ट, हिमालखबर

