समाचारबुधबार, आषाढ १२, २०७०
कोइराला स्वास्थ्य परीक्षणका लागि अमेरिका जाँदै
केही बर्षअघि अमेरिकामा जिब्रोको शल्यक्रिया गराएका कांग्रेस सभापति सुशील कोइराला १३ असारमा स्वास्थ्य परीक्षणका लागि अमेरिका जान लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कोइराला साँझ ६.५५ बजे एयर इमिरेटको उडानद्वारा अमेरिकाको न्यूर्योक प्रस्थान गर्ने कार्यक्रम छ । उनको साथमा बहिनी शशी शर्मा र कांग्रेस संगठन विभाग सदस्य मृदुला कोइराला पनि अमेरिका जाँदैछन् ।
