समाचारबुधबार, आषाढ १२, २०७०

भारतमा बाढीमा परेका पचास नेपाली सम्पर्कमा

रासस

दूतावासले १२ असारमा विज्ञप्ति जारी गरेर हराएको आशङ्का गरिएका ती नेपालीका आफन्त हरिद्वार, ऋषिकेश तथा देहरादून पुगेको उल्लेख गरेको हो । नेपालीको पछिल्लो अवस्था र खोजी कार्यमा संलग्न उद्धार टोली निरन्तर सम्पर्कमा रही खोजी कार्य गरिरहेको र उद्धारका लागि दूतावासको टोलीले अन्य टोलीसँग आग्रह गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

हाल बद्रीनाथमा रहेका करिब पाँच हजार तीर्थयात्रीलाई हेलिकप्टरबाट उद्धार गर्ने कार्यमा प्रतिकूल मौसमका कारण केही ढिलाइ भए पनि आज पनि उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको र यहाँ रहेका ३१ जना नेपालीको शीघ्र उद्धारका लागि भारत सरकारसँग पुनः आग्रह गरिएको दूतावासले जनाएको छ ।

पाण्डुकेश्वरमा उद्धारको पर्खाइमा रहेका चार नेपाली तीर्थयात्री तथा गुप्तकाशीमा उद्धारको पर्खाइमा रहेका बाजुरा र दाङका नौ नेपालीसँग राजदूतावासको फोन सम्पर्क भइरहेको र निजहरू सडकमार्ग खुल्नासाथ फर्कने तयारीमा रहेको विज्ञप्तिमा छ ।

बद्रीनाथमा व्यापार व्यवसाय गरी बसेका करिब १० जना नेपाली कठिन पैदलमार्गबाट जोशीमठ हुँदै ऋषिकेशतर्फ आउने क्रममा रहेको उल्लेख गर्दै दूतावासले केही वर्षदेखि गुप्तकाशीमा व्यापार व्यवसाय गरी बसेका नेपाली नेपाल फर्कने तयारीमा रहेको जनाएको छ । दूतावासका अनुसार बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान गर्न कठिन हुने र लामो समय शव राख्न सम्भव नहुने भएकाले डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरी फोटोसमेत रेकर्डमा राखी दाहसंस्कार गरिने भएको छ ।

त्यस्तै उत्तराखण्ड सरकार, आपतकालीन परिचालन केन्द्रहरू तथा उद्धार टोलीहरू उद्धार कार्यमा लागिरहेका र नेपाली राजदूतावासले पनि उद्धार टोली, आपतकालीन केन्द्रहरू, नेपाली समुदाय तथा आफन्तजनसँग निरन्तर सम्पर्कमा रही उद्धार तथा खोजीका लागि आवश्यक पहल गरिरहेको छ ।

बाढीबाट समस्यामा परेका नेपालीहरूको उद्धारका लागि वस्तुस्थिति बुभ्mन तथा आवश्यक समन्वय र पहल गर्न राजदूतावासबाट खटिएको टोली हिजो राति नयाँ दिल्ली फर्केको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>