समाचारबिहीबार, आषाढ १३, २०७०

हकका परिवारलाई पूर्व घोषित राहत नदिने सरकारी निर्णय

हिमालखबर

१३ असारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्व सभासद सदरुल मियाँ हकको हत्यामा परिवार नै संलग्न रहेकोले यसअघि घोषणा गरिएको राहत रकम नदिने निर्णय गरेको छ ।

७ जेठमा आफ्नै पेट्रोलपम्पमा मृत अवस्थामा भेटिएका सप्तरीका पूर्व सभासद् सदरुलको उनकै पत्नी र छोरीको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

त्यसैगरी बैठकले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको महाप्रबन्धकमा सीताराम थपलियालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले मुक्त कमैया श्रम निÈेध ऐन २०५८ ले कम्लहरीका रुपमा काममा लगाउन नपाउने भनेपनि कम्लहरी मुक्ति हुन नसकेकाले यसका लागि अभियानकै घोÈणा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदका अध्यक्ष र मन्त्रीहरुले ७ दिन बराबरको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको पनि प्रवक्ता पौडेलले बताए ।

त्यस्तै बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमको निरन्तरताका लागि अन्तराष्ट्रिय विकास संस्थाले दिने झण्डै ९ अर्ब रुपैया“, काठमाडौ उपत्यका ढल ब्यवस्थापन आयोजना सञ्चालनका लागि एसियाली विकास बैंकले दिने ७ अर्ब ५८ करोड रुपैयाँ अनुदान तथा ऋण लिने निर्णय गरेको छ भने सुरक्षित आप्रवासन परियोजना दोस्रो चरण सञ्चालनका लागि स्वीट्जरल्याण्डले दिने ८० करोड ४६ लाख रुपैयाँ सहयोग पनि लिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>