समाचारशुक्रबार, आषाढ १४, २०७०
दलहरुबीचको मतभेद अन्त्य गरी अघि बढ्नु पर्छः राष्ट्रपति
जापानमा दुई साता लामो उपचारपछि १४ असारमा स्वदेश फर्केका राष्ट्रपति रामवरण यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुस“ग कुरा गर्दै सबै दलहरु मिलेर निर्वाचन सम्पन्न गरी मुलुकको समस्या समाधानमा लाग्न आग्रह गरेका छन् ।
उनले दलहरुबीचका मतभेद वार्ता र संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न आग्रहसमेत गरे ।
राष्ट्रपति डाक्टर यादवले आफू स्वदेशमा नभएको बेलामा सुदुरपश्चिम र छिमेकी राष्ट्र भारतमासमेत बाढी पहिरोले क्षति पु¥याएको भन्दै गहिरो दुःखसमेत व्यक्त गरे ।
उनले आफूलाई क्यान्सर भएको शंका गरिए पनि जापानको अस्पतालमा गरिएका विभिन्न परिक्षणबाट कुनै समस्या नदेखिएको जानकारी दिए ।
राष्ट्रपति यादवको आन्द्रामा दाग देखिए पछि क्यान्सर हुनसक्ने आशंकामा चिकित्सकहरुले जापान जान सल्लाह दिएका थिए ।
३ असारमा परिवारका सदस्य, निजी चिकित्सक, कानूनी सल्लाहकार, परराष्ट्र मन्त्रालयका अधिकारीसहित नौ जना राष्ट्रपतिसँगै जापान गएका थिए ।
