समाचारशुक्रबार, आषाढ १४, २०७०

चुनाव रोक्न प्रधानसेनापतिसँग वार्ता गर्छौं: गजुरेल

हिमालखबर

रिपोर्टर्स क्लबले १४ असारमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार दलले सेना परिचालन गरेर चुनाव गराउन खोजेको दाबी गर्दै चुनाव रोक्न प्रधानसेनापति गौरब शम्सेर राणासँग आफ्नो पार्टीले वार्ता गर्ने बताएका छन् ।

उनले भने, “के नेपाली सेना चार दलको हो ? चुनावमा भाग नलिनेलाई गोली हान्न सेना बनाएको हो ? यो प्रश्न हामी गर्नेवाला छौं (प्रधानसेनापतिसँग)। गजुरेलले अगाडि भने, “चुनाव राजनीतिक कार्यक्रम हो, गोलि ठोकेर चुनाव गर्न सकिदैन ।”

उनले जबरजस्ती निर्वाचन गराउन खोजिए मुलुक फेरि द्वन्द्वमा जाने चेतावनी दिंदै द्वन्द्वमा मुलुकलाई लाने वा नलाने भन्ने विषय चार दल र सरकारमा भर पर्ने दाबी गरे ।

११ बुँदे, २५ बुँदे र खिलराज रेग्मीलाई यथावत राखेर गरिने वार्ताको औचित्य नभएकोले आफ्नो पार्टीले अब यस्तो नौटंकी बार्ता नगर्ने बताए ।

गजुरेलले भने, “जवरजस्ती निर्वाचन गर्न खोजे हामी जनपरिचालन गरेर सक्रिय बहिस्कार गर्छौ, कर्मचारीलाई निर्वाचनमा नजान, जनतालाई उम्मेदवारी नदिन र चुनावमा मतदान नगर्न अपिल गर्छौ ।

उनले थपे, “शुक्रवार रातिसम्म हाम्रो माग पूरा गर्ने प्रतिबद्धता आए वार्ता हुन सक्ला नभए अब वार्ता हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>