समाचारशुक्रबार, आषाढ १४, २०७०

नेपालीलाई बन्धक बनाउने बंगलादेशी नागरिक टर्कीमा पक्राउ

हिमालखबर

नेपाल प्रहरीले १४ असारमा काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरी प्रधान कार्यालयको नेशनल सेन्ट्रल व्यूरोबाट टर्कीमा बन्धक बनाइएका नेपालीबारे इन्टरपोलमार्फत सूचना प्रवाह गरेपछि उनीहरु पक्राउ परेको जनाएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि टर्की प्रहरीले अपहरणमा संलग्न ३ बंगलादेशी नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।

टर्की प्रहरीले अपहरणमा संलग्न भएकाहरुलाई शरीर बन्धक तथा अपहरणको मुद्दा दायर गरेको छ । अपहरणमा परेका ७ नेपालीलाई अपहरण गरी उनीहरुका आफन्तसँग ती बंगलादेशी नागरिकले पैसा मागेको प्रहरीले जनाएको छ ।

इन्टरपोलले संगठित अपराध, अन्तर्देशीय अपराध र मानव बेचबिखनमा संग्लनविरुद्ध रेडकर्नर नोटिस जारी गर्दै आएको प्रवक्ता सिलवालले बताए ।

रेडकर्नर नोटिसमा ७९ जना नेपाली परेको पनि प्रहरीले जनाएको छ । नेपाल, भारत, अमेरिका, बेलारुस, यूएई, इटाली, कतारलगायतका देशहरुले ७९ नेपाली बिरुद्ध रेड कर्नर नोटिस जारी गरेका हुन् ।

नेपालले पनि एक अमेरिकी र एक भारतीय नागरिकमाथी रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलमा सूचिकृत नेपाल १ सयौं सदस्य राष्ट्र हो ।

यसैबीच पछिल्लो पटक नेपाल प्रहरीका डिआइजी सरुवा विवादित भएको भन्ने सूचना गलत भएको प्रहरीले जनाएको छ । सरुवामा परेका डिआइजीहरुले असन्तुष्टि व्यक्त गर्दै प्रहरी प्रधान कार्यालयमा आइजीपी कुबेरसिंह रानास“ग गुनासो गरेको खबर बाहिर आएपछि सिलवालले त्यस्ता खबर तथ्यहीन र भ्रामक भएको दाबी गरे ।

नेपाल प्रहरी प्रजातान्त्रिक मान्यता अनुरुप सञ्चालित संस्था भएकाले प्रहरी कर्मचारीले आफ्ना अभिभावक समक्ष गुनासो राख्नु स्वभाविक भएको प्रवक्ता सिलवालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>