समाचारशुक्रबार, आषाढ १४, २०७०
रुकुमकोटलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भुकम्प
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार ५.५ रेक्टर स्केलको भुकम्प गएको पुष्टि भए पनि अहिलेसम्म क्षतिको कुनै विवरण आइपुगेको छैन । जिल्लामा कहाँ के कती क्षति भयो भन्ने बारेमा मातहतका सबै प्रहरी युनिटलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
रुकुमकोट सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ ।
भुकम्पका कारण अर्घाखाँचीको ठुलापोखरा गाविसस्थित बिरेन्द्र उच्च माबि को भवन भत्किएको अर्घाखाँचीस्थित सहकर्मी प्रेमनारायण आचार्यले जानकारी दिएका छन् ।
भुकम्पको धक्का रुकुम आसपासका जिल्लाहरु र सुर्खेतमा पनि महशुस गरिएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । त्यसैगरी पोखरामा पनि भुकम्पको धक्का महशुस गरिएको हिमालकर्मी माधव वरालले बताएका छन् ।
लक्ष्मण केसी, रुकुम
