समाचारशनिबार, आषाढ १५, २०७०
असन्तुष्टलाई सम्बोधन गर्न एमाले तयारः पोखरेल
१५ असारमा कास्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले निर्वाचन भाँड्न खोज्ने, हिंसात्मक विद्रोह गर्ने र हतियार उठाउन खोज्नेबाहेकका राजनीतिक विषय उठाउँदै आएका दलहरुसँग वार्ता गरी उनीहरुका समस्या सम्बोधन गर्न एमाले तयार रहेको बताएका छन् ।
कार्यक्रममा महासचिव पोखरेलले आगामी ४ मंसीरमा हुने संविधानसभा निर्वाचनपछि मात्रै राजनीतिलाई संवैधानिक मार्गमा ल्याउन सकिने भएकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न एमाले अघि बढेको भन्र्द उनले अन्य राजनीतिक दलबाट एमालेमा प्रवेश गर्ने लहर बढ्दैगएकाले निर्वाचनमा एमालेले बहुमत ल्याउने जिकिर गरे ।
