समाचारशनिबार, आषाढ १५, २०७०

संविधानसभा निर्वाचन कसैले रोक्न सक्दैनः ओली

हिमालखबर

विराटनगरमा १५ असारमा सञ्चारकर्मीहरुसँगको भेटमा नेता ओली निर्वाचन आयोगले निर्वाचन गराउने भएकाले कुनै दलका नेताले प्रधानसेनापतिलाई भेटेर निर्वाचन रोक्ने कुरा गर्नु अर्थहीन रहेको बताएका छन् । १४ असारमा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार दलले जबरजस्ती निर्वाचन गराउन खोजे निर्वाचन रोक्न प्रधानसेनापतिसँग वार्ता गर्ने भन्ने अभिव्यक्ति दिएका थिए ।

नेता ओलीले कुनै एक/दुई दल सहभागी नहँुदैमा निर्वाचन नरोकिने प्रस्ट पार्दै निर्वाचनबाट नै मुलुकमा लोकतान्त्रिक प्रणाली व्यवस्थित हुने बताए ।

४ मंसीरमा निर्वाचन नभए मुलुक गम्भीर राजनीतिक सङ्कटमा फस्ने उल्लेख गर्दै ओलीले निर्वाचन रोक्ने गरी कुनै पनि निर्णय नगर्न पनि दलहरुलाई आग्रह गरे ।

एक प्रश्नको जवाफमा उनले निर्वाचनकै लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएकाले निर्वाचन सम्पन्न नभएसम्म कसैको माग पूरा गर्न संयन्त्र वा चुनावी सरकार भंग नहुने बताए ।

ओलीले पार्टीभित्र महाधिवेशनको विषयमा कुनै पनि विवाद नहरेको दावी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>